११ कार्तिक २०८३, बुधबार

केपी–वामदेव सम्बन्ध विश्वासको संकटमा, एकता भााड्ने केपी–वामदेवको गोप्य समझदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-bamdeb-448x330काठमाडौं, ५ भदौ ।

पहिलो भेट

केपी ओली र वामदेव गौतमको पहिलो भेट २०३४ सालमा भएको हो । झापा आन्दोलनका हस्ती ओली पक्राउपछि सेन्ट्रल जेलको गोलघरमा राखिएका थिए ।

०३३ चैतमा पक्राउ परेका नेता गौतमलाई प्रशासनले भैरहवा जेलबाट सेन्ट्रल जेल काठमाडौंमा सरुवा गरेपछि उनीहरूबीच भेट भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जेलभित्र पनि दुई घेरा थिए । बाहिरी घेरामा गौतम राखिएका थिए भने भित्री घेरा–सेल अर्थात् (गोलघरमा) केपीसहित आरके मैनाली र मोहनचन्द्र अधिकारीलाई चरम यातनाका साथ राखिएको थियो त्यसवेला । आरकेले भित्रबाट सम्पर्क गर्थे ।

तर पहिलो भेटमा ओलीसाग सामान्य परिचयबाहेक खासै भित्री कुराकानी हुन नपाएको नेता गौतम बताउाछन् । तिनताका दुब्ला र रोगी ओलीलाई कसरी स्वस्थ बनाउने भन्ने चिन्तामा थिए मैनाली । गौतम जेल कमिटी सचिव बनेपछि गोलघरभित्र राखिएका आरके, केपी र मोहनचन्द्रलाई गोप्य तरिकाले रिपोर्ट लेखेर चिठीमार्फत गौतमले भित्र पठाउाथे, त्यसलाई उनीहरूले अध्ययन गर्थे, भित्रबाट आरके सम्पर्कमा रहन्थे त्यसवेला ।

भण्डारीका दायाँबायाँ

ओली–वामदेव सम्बन्ध आज संकटमा देखिए पनि विगतमा नितान्त फरक थियो । दुवै लगभग एकै समय (२०२४ सालपछि) एकै समूहगत मुहानबाट निस्केका नेता हुन्, जो कम्युनिस्ट आन्दोलनको लामो खालखण्डसम्म सहयात्री रहे । ओली र वामदेव एकै समय पार्टी केन्द्रमा प्रवेश गरेका हुन् । झापा विद्रोहबाट आएका ओली को–अर्डिनेसन केन्द्र तथा वामदेव मुक्ति मोर्चा समूहमा थिए । दुवै समूह मिलाएर २०३५ सालमा नेकपा माले गठन गरिएको थियो । १४ वर्ष लामो जेल जीवन व्यतीत गरेका ओली जेलबाट बाहिरिएपछि पार्टी केन्द्रीय सदस्य बने भने गौतम केन्द्रीय सदस्य भएपछि भूमिगत भए ।

मदन भण्डारी जीवित हुादासम्म दुवै नेता उनका दायााबायााजस्ता थिए । ओलीको चतुरता र वामदेवको लडाकुपनलाई पार्टीको मुख्य ‘क्षेप्यास्त्र’ बनाएर भण्डारीले भरपूर उपयोग गरे । र, २०५१ सालसम्म दुई नेताको सम्बन्ध कहिल्यै बिग्रिएन । पााचौा महाधिवेशनका दौरान मदनलाई दुवैले उत्तिकै साथ दिएका थिए ।

महाधिवेशनपछिसम्म पनि पार्टीभित्रको अन्तर्विरोधमा मदनका ‘रक्षाकवच’का रूपमा रहे उनीहरू । समकालीन एमाले नेताका अनुसार मदन भण्डारीले ओली र वामदेवलाई मस्तिष्क र शरीरका रूपमा लिन्थे । ओलीका विषयमा मदनको विश्लेषण सुनाउादै एक नेता भन्छन्, ‘केपीको घााटीमाथिको भाग बलवान् छ, त्यसलाई राम्रोसाग उपयोग गरे पार्टीको आधा काम त्यत्तिकै सकिन्छ ।’ ओलीको चााडो सोच्ने र तर्क गर्ने क्षमतासाग मदन निकै प्रभावित थिए, तर क्षमताअनुरूप सांगठनिक काममा नखट्ने शैलीबाट असन्तुष्ट । त्यस्तै, वामदेवबारे मदन भन्थे, ‘नेतृत्वमा वामदेव नभए पार्टी लुलो हुन्छ, मुख्य जिम्मेवारी नै वामदेवलाई दिए पार्टी धुलो हुन्छ ।’

वामदेवले तोकिएको काम जसरी पनि पार्टी हितमा फत्ते गर्ने, तर आफूखुसी काम गरे बिगार्न सक्ने मदनको विश्लेषण रहेको समकालीनहरू सुनाउाछन् । मदन जीवित छादा यी दुवै बाहिर खासै चिनिएका नेता थिएनन्, जति मनमोहन र माधव नेपाल थिए । तर, दुवै नेताको क्षमताबाट प्रभावित मदन भने उनीहरूलाई अघि बढाउन चाहन्थे । भण्डारीलाई दस्ताबेज लेखनमा दुवै नेताले भित्री सहयोग गरेका थिए । पााचौा महाधिवेशनमा मदनले जनताको बहुदलीय जनवादी कार्यक्रम आफूले लेखेर ओलीलाई कार्यनीति लेख्न लगाएका थिए ।

एकता भााड्ने केपी–वामदेवको गोप्य समझदारी

तत्कालीन माले र माक्र्सवादी एकीकरण भएर एमाले बन्दा यी दुई हस्ती पार्टी एकीकरण भााड्न अन्तिमसम्म क्रियाशील भए । डल्लुमा माले केन्द्रीय कमिटीको बैठक बसिरहेका वेला माक्र्सवादीकी नेतृ सहाना प्रधान दिउासो अचानक एकीकरण प्रस्ताव लिएर बैठकस्थल पुगिन् । बेलुकी ललितपुरको ज्वागलस्थित सिद्धिलाल सिंहको घरमा सबै माले केन्द्रीय सदस्यहरूलाई खाना खानेगरी निम्ता गरियो । जबकि त्यहीा पार्टी एकता घोषणा गर्नेसम्मको पूर्वनिर्धारित योजना ओली र गौतमलगायतका नेताले सुइाकोसमेत पाएनन्, त्यसवेला । बेलुकी दुई दिनपछि दुवै पक्षको केन्द्रीय कमिटी मिलाउने मिलाएर नयाा कमिटी बनाउने गरी एकीकरणको घोषणाबाट दुवै आश्चर्यमा थिए । दुवै पक्षबाट १७/१७ जना रहने गरी ३४ सदस्यीय केन्द्रीय कमिटी बनाउने समझदारी भो । सिपी र केपी मनमोहनलाई अध्यक्ष बनाउने लाइनमा उभिए । मालेतर्फको मत घटेर १५ मा झर्‍यो भने मनमोहनलाई बनाउने पक्षमा १९ मत पुग्दा बहुमतबाट उनी अध्यक्ष चुनिए । तर, गौतमले पार्टी एकता अस्वीकार गर्दै भंग हुने भन्दै सुरुमै प्रतिवाद गरे । नेताहरूका अनुसार सुरुमा मदन र केपी दुवैले यसलाई समर्थन गरेका पनि थिए । तर, पछि केपी र वामदेव एकै ठाउा उभिए । माक्र्सवादीका नेताहरूले संयुक्त बैठकमा हेपेर बोल्ने, तर ग्राउन्डमा माले नै बलियो भन्ने ठानेका ओली र गौतमले अमृत बोहरालाई समेत साथमा राखेर एकता भंग गर्ने सल्लाह गरे । उनीहरूबीच त्यसका लागि नारायणी पश्चिमको गौतमले जिम्मा लिने, नारायणीपूर्व केपीले जिम्मा लिने योजना बनेअनुसार टेलिफोनमार्फत एकता भड्काउन सुरु गरे । भर्खरै एकीकृत पार्टीका अध्यक्ष मनमोहन, महासचिव मदन बनाइएका थिए त्यसवेला ।

मदनले झन्डै निकाले ओली र गौतमलाई

एकता भड्काउन दुई नेता लागेको सूचना पाएपछि तत्कालीन महासचिव मदनले दुवैलाई पार्टी कार्यालय बागबजारमा बोलाएर सम्झाएको एकीकरणमा सक्रिय रहेका त्यसवेलाका एक नेता बताउाछन् । ‘तपाईंहरू ठूलो गल्ती गर्दै हुनुहुन्छ, भााड्ने काम बन्द गर्नुस्,’ मदनले भनेका थिए । तर पनि दुवै नेता मदनको साथ रहने भ्रममा परेर एकता भााड्न सक्रिय रहे । दुई दिनपछि फेरि मदनले बोलाएर केपी र वामदेवलाई चेतावनी दिएको स्मरण गर्दै एक नेता भन्छन्, ‘अस्ति तपाईंहरूलाई यो काम बन्द गर्न भनिसकेको छु । एकता हुादा मालेलाई बेफाइदा, माक्र्सवादीलाई फाइदा भएको होला, तर यो एकता सिंगो कम्युनिस्ट आन्दोलन र मुलुकका लागि ठूलो उपलब्धिपूर्ण छ, परिणाम सकारात्मक आउाछ, म एकताको पक्षमा दृढतापूर्वक उभिएकाले भााड्ने कुरा मान्य र सह्य छैन । भोलि बेलुकासम्म यो काम रोक्नुभएन भने पर्सि दुवैलाई पार्टीबाट निष्कासन गर्छु ।’ मदनको यस्तो कडा चेतावनीपछि दुवै नेता एकतामा फेरि सक्रिय बनेका थिए । २०५३ सालमा एकीकृत महाकाली सन्धिलाई सदनबाट पारित गर्ने/नगर्ने विषयमा एमाले दुई चिरामा विभाजित भयो । सन्धि पारित गर्ने पक्षमा तत्कालीन महासचिव नेपाल र ओलीको एउटा टापु बन्यो । यता, सन्धिको विरोधमा वामदेवले सिपी मैनालीसाग मिलेर अर्को टापु खडा गरे । पार्टी केन्द्रीय कमिटी बैठकमा एक मात्र भोटले सन्धिको समर्थन गर्ने लाइनले जित्यो । तर, पार्टीको ह्विप गौतमलगायतका एमालेका केही सांसद्ले मानेनन् । महाकाली सन्धि अनुमोदनलाई राष्ट्रघात भन्दै वामदेवले एमाले पार्टी फुटाएर नेकपा माले गठन गरे । एमाले विभाजनको सो घटनामा वामदेव र ओली नै मुख्य जिम्मेवार पात्र भएको बताइन्छ ।

केपी जोगाउने, वामदेव हटाउने लाइनमा

महाकाली सन्धि विवाद चर्किएर उत्कर्षमा पुगेपछि गौतमकै नेतृत्वमा महासचिव हटाऊ अभियान सुरु गरिएको थियो । मदन भण्डारीको निधनपछि केन्द्रीय कमिटी बैठकले महासचिव बनाइएका माधवकुमार नेपाललाई छैटौा महाधिवेशनअघि नै हटाउने गौतमको योजना थियो । उनलाई झलनाथ खनाल, सहाना प्रधान, सिपी मैनालीलगायतका नेताले साथ दिएका थिए । गौतमले त्यतिवेला माधवकुमार नेपाललाई हटाउन ओलीको साथ माग्दै उनलाई महासचिवको ‘अफर’समेत गरेको जानकारहरू बताउाछन् । तर, महाकाली सन्धिको पक्षमा रहेका ओलीले गौतमको अफर अस्वीकार गर्दै आफू महाधिवेशनबाट निर्वाचित भएर मात्र महासचिव बन्ने जवाफ दिएको बताइन्छ ।