काठमाडौँ, ४ भदौ । शैक्षिक परामर्श सङ्घ (इ–क्यान)ले ‘दोस्रो इ–क्यान फुटसल’ प्रतियोगिता सञ्चालन गरेको छ ।
इ–क्यानको २०औँ वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत पक्नाजोलमा फुटसल प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितामा काठमाडाँै, ललितपुर, भक्तपुर र कास्कीका १२ समूहले भाग लिएको इ–क्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेले जानकारी गराउनुभयो । आज भएको पहिलो खेल एभरेस्ट समूहले ५–२ गोलअन्तरले मकालु समूहलाई पराजित गरेको छ ।
उहाँले वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत सरसफाइ, रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । रासस















प्रतिक्रिया