डोल्पा, ८ भदौ । भदौ ४ गतेदेखि हराइरहेका दुई बालकको शव आइतबार बिहान ठूलो भेरीको किनारमा रहेका सु गाविसस्थित सु खोलामा फेला परेको छ ।
मृत्यु हुनेमा त्रिपुराकोट गाविस–८ डाँडागाउँको लस्मी प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेका १० वर्षीया अशोक बुढा र सोही स्कुलमा कक्षा २ मा पढ्दै गरेका आठ वर्षीय अर्जुन बुढा रहेका छन् ।
उनीहरुलाई विद्यालयका शिक्षकहरुले स्कुलमा हराएको छाप चोरेको भन्दै प्रहरीको डर देखाएपछि भागेका थिए । त्यही कारण उनीहरुको त्यस्तो अवस्था भएको मृतकका आफन्तले जनाएका छन् ।
प्रधानाध्यापक नन्दवीर रोकायले सो कुरा स्वीकार गरेका छैनन् ।
निजहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल डोल्पामा लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमहर्ष सिलवालले बताउनुभयो। रासस















प्रतिक्रिया