बर्दिया, ४ भदौ । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ ।
वर्षयाम सुरु भएपछि गुलरिया भुरीगाउँ र कोठियाघाट हुलाकी सडकखण्डको यातायात सेवा नराम्ररी प्रभावित हुने गरेको छ । जताततै खाडल र हिलो हुने भएपछि आवतजावतमा कठिनाइ भएको सानोश्रीका रिपु गुरुङले गुनासो गर्दै भन्नुभयो “खाडल पुर्ने नाममा अघिल्लो वर्ष करोडभन्दा बढी कम खर्च गरे पनि सडक जस्ताको त्यस्तै छ ।”
“बरु त्यही कामले गे्रडिङ गरी सडक सम्म पारेको भए सजिल्लो हुन्थ्यो”, उहाँले भन्नुभयो । विसं २०७१ साउनको अन्तिम सातामा आएको बाढीले हुलाकी सडकमा पर्ने पुलपुलेसा र सडकमा क्षति पु¥याएको थियो ।
भारतीय ठेकेदार कम्पनीबाट निमार्णाधीन हुलाकी मार्गको ठेक्का तोडिएपछि बाढीले भत्काएको सडक र पुल निर्माण अवरुद्ध भएको छ । बाढीले बिगारेको सडक र पुल मर्मतका लागि अर्थ मन्त्रालयले बजेट निकासा नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको छ ।
हुलाकी सडक आयोजनका प्रमुख तुरुन्त मण्डल सडक स्तरोन्नति र कालोपत्रे गर्न सरकारले रकम नदिएका कारण निर्माण हुन नसकेको बताउनहुुन्छ । रासस















प्रतिक्रिया