महोत्तरी, ८ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुखोलामा आएको बाढीले बोलेरो जीप बगाएको छ ।
शनिबार साँझ अविरल वर्षासँगै रातु खोलामा आएको बाढीले ना २ च ४११० नम्बरको बोलेरो जिप बगाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
रातुखोलाको पुल भासिएपछि अस्थायी ड्राइभर्सन गरी गाडी वारपार गर्ने व्यवस्था मिलाइएको छ ।
जीप बाढीले बगाए पनि त्यसमा सवार तीन जना पौडिएर बाच्न सफल भएका थिए । ।
चुरे क्षेत्रमा परेको पानीका कारण खोलामा बाढी आएपछि सवारी आवागमनमा समेत अहिले रोक लगाइउको छ ।















प्रतिक्रिया