१ कार्तिक २०८३, आइतबार

अफगान बलको कारबाहीमा २० आतङ्ककारी मारिए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kunduz-city-afghanistan1-700x405कुन्दुज (अफगानिस्तान), ४ भदौ । अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर टाढा रहेको यो प्रान्त कुन्दुज र तखार प्रान्तजोडिने सडक पुनः खुल्ला गर्नका लागि प्रहरीको प्रयास जारी रहेको थियो ।

प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका छन् ।

खान अबाद जिल्लामा बिहीबारदेखि जारी यस कारबाहीमा २० तालिवान विद्रोही मारिनुको साथै अन्य १० घाइते भएका अक्बरीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

तालिवान आतङ्ककारीहरूले बुधबारबाट नै अचानक खानबादमा आक्रमण गरेका र कुन्दुज र छिमेकमा पर्ने तखार प्रान्तको राजमार्ग बन्द गरेका थिए ।

अक्बरीका अनुसार सो राजमार्ग खुलाउनका लागि प्रहरीले कारबाही जारी राखेका छन् । गत दुई महिनायता अफगान सरकारीबलसँग तीब्र रूपमा युद्ध गर्दै आएका तालिवान कुन्दुज, तखार, बघलान प्रान्तका तालिवान आतङ्ककारीहरूले कुनै टिप्पणी गरेका छैन । –सिन्ह्वा