काठमाडौं, ४ भदौ । नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।
सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो ।
धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भने सूचना टाँस गरिएको थियो भने खुलेको पम्पमा पनि पेट्रोल छैन भन्ने सूचना थियो ।















प्रतिक्रिया