२६ कार्तिक २०८३, बिहिबार

फास्ट ट्रयाक नेपालले बनाउन कठिन छ: सभापति देउवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-bhadur-deuba

काठमाडौं, ३ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौ—तराई फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा बनाउन निकै कठिन रहेको बताउनुभएको छ ।

नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक बनाउनका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको अवस्थामा देउवाले पूर्वाधारका ठूला आयोजनामा विदेशी लगानी भित्र्याइनुपर्ने बताउनुभयो ।

गन्तव्य नेपाल नामक संस्थाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालले आफैं बनाउन सके राम्रो हुने तर सम्भावना निकै कम रहेको बताउनुभयो ।

यसअघि देउवाकै दाहिने हात विमलेन्द्र निधीले तत्कालिन सुशील कोइराला सरकारको पालमा फास्ट ट्रयाक भारतलाई दिन अन्तिम तयारी गर्नुभएको थियो । त्यो प्रयास असफल भएपछि ओली नेतृत्वको सरकारले आफै बनाउने निर्णय गर्दा देउवाले विरोध गर्नुभएको थियो ।