२६ कार्तिक २०८३, बिहिबार

मंसिरभित्रै स्थानीय चुनाव गराउन राप्रपा नेपालको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa3_S1WRAIooUWकाठमाडौं, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जनताको चाहना बमोजिम स्थानीय निकायको पुनर्संरचना गर्नुपर्ने माग गरेको छ ।

काठमाडौंमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जथाभावी स्थानीय निकायको पुनर्संरचना गरिँदा त्यसले जनतामा नकारात्मक सन्देश जाने राप्रपा नेपालले ठहर गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता राजाराम श्रेष्ठले भन्नुभयो, ‘स्थानीय तहको पुनर्संरचना जनताको चाहना, माग र सुझाव बमोजिम गर्नुपर्छ । होइन भने त्यसले जनतामा नकारात्मक सन्देश दिन्छ ।’

स्थानीय निकायको चुनाव आगामी मंसिरभित्रै गर्नुपर्ने माग गरेको राप्रपा नेपालले चुनावका विषयमा भइरहेको अन्यौलताका विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘स्थानीय चुनाव मंसिरभित्रै गर्नुपर्ने माग गरेका छौँ । चुनावका विषयमा आइरहेका अनर्गल विषयमा सरकारले स्पष्ट पार्नुपर्छ ।’

केही जिल्लाहरूमा महाधिवेशन हुन बाँकी रहेको भन्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘कात्तिक मसान्तभित्र महाधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन गर्न निर्देशन दिइएको छ । बिबाद भएका जिल्लामा सो क्षेत्रका पदाधिकारीको पहलमा समस्या समाधान गरी अधिवेशन गर्नुपर्नेछ ।’

राप्रपा नेपालले कात्तिक २७, २८ र २९ गते काठमाडौंमा अन्तर्राष्ट्रिय धर्मसभा गर्ने निर्णय प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय धर्मसभा गर्नका लागि तयारी थालिनेछ ।

Rpp Nepal