२६ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री निधी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra Nidhi-sushma-swraj

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेलगत्तै निधीले भारतीय विदेशमन्त्री स्वराजसँग भेट गरेका हुन् । भेटमा नेपाल भारत सम्बन्धबारे कुराकानी भएको बताइएको छ ।

उपप्रधान एवं गृहमन्त्री निधिले साँझ राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम छ ।

बिहीबार दिल्ली पुगेका निधिले आजबाट उच्चस्तरीय भेटवार्ता थालेका छन् । उनले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन् ।