२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसले आइतबारभित्र मन्त्री टुङ्गो लगाउँने, को–को बन्दैछन् मन्त्री ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mr. ramhari khatiwadaकाठमाडौं, ३ भदौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुँगो लगाउने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खतिवडाले भने, ‘कांग्रेसले आइतबारसम्म मन्त्रीको नाम टुँगो लगाउँछौं ।’ पार्टीको भातृ संगठन नेविसंघको महाधिवेशनका कारण पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुने साथीहरूको नाम पठाउन ढिलाई भएपनि अब यो विषय आइतबारसम्म टुँगो लाग्ने उनको दाबी थियो ।

कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

कांग्रेसले ११ जना मन्त्रीहरूको नाम आइतबारसम्म टुङ्गो लगाउने भएपछि सांसदहरूको दौडधुप चर्को भएको छ । सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र डा.शशांक कोइरालाका तर्फबाट केही नामहरू अगाडि चर्चामा ल्याएको स्रोतले जनाएको छ ।

देउवाले आफू निकटका अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, अम्बिका बस्नेत, जीवनबहादुर शाही, भीष्मराज आङदम्वे, रामहरि खतिवडा, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी, फर्मुल्लाह मन्सुरल, चन्द्र भण्डारीगायतको नाम चर्चामा राखेका छन् ।

पौडेल समूहबाट सीतादेवी यादव, हृदयराम थानी, बलबहादुर केसी, नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुंगाना, राजन के.सी., कमला पन्त, किरण यादवको नाम पनि मन्त्रीमा चर्चामा छ । पौडेल समूहबाट डा.शेखर कोइरालाको नाम चर्चामा रहे पनि उनले परराष्ट्र मन्त्रालय नपाउँदासम्म मन्त्री नखाने भनेकाले उनको विषयमा स्पष्ट हुन सकेको छैन । देउवाले डा.कोइरालालाई मनाउने प्रयास गरिरहेका छन् ।

कोइराला परिवारबाट महामन्त्री डा.शशांक कोइरालाले दीपक गिरीको नाम अगाडि सारेका छन् । दीपक गिरी कोइराला परिवारबाट मन्त्री बन्ने पक्का छ । कोइराला परिवारबाट मन्त्री बन्ने गिरी भाग्यमानि बनेका छन् ।

कृष्णप्रसाद सिटौलाले भीमसेनदास प्रधान, गगन थापा र सुधिर सिवाकोटीमध्ये एकजनालाई मन्त्री बनाउने स्रोतको भनाइ छ । नेता खुमबहादुर खड्कालाई मन्त्री देउवाले एकजना मन्त्री दिएका छन् । खड्काको कोटाबाट शंकर भण्डारी मन्त्री बन्ने पक्का रहेको बुझिएको छ ।

राज्यमन्त्रीहरूमा पार्वती डिसी चौधरी, राजु खनाल, ध्यानगोविन्द रञ्जित, अब्दुल रज्जाक, कञ्चन बादे, सुजाता परियार, सुशीला चौधरी, आदिको नाम चर्चामा छ ।