२६ कार्तिक २०८३, बिहिबार

गाईजात्रा विशेष: भारतीय हस्तक्षेपले, लौ न ! के भो यस्तो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-panday

विशेष सम्बाददाता, प्रधानमन्त्री  पुष्पकमल दाहालले अाज विहानै राजिनामाको घोषणा गरेका छन। यससँगै सरकार गठनको यति छोटो समयमा राजिनामा  गर्ने नेपालको पहिलो  र संसारकै दोस्रो  प्रधानमन्त्री बनेका  छन । अाफ्नो सरकारबाट बिशेष दुतको रुपमा हिजो  भारत पुगेका गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय दबाब झेल्न गार्‍हो  परेको भन्दै हिजो बेलुका नै प्रधानमन्त्रीलाई जानकारि गराएका थिए त्यसयता रातभर नसुति तनाबमा रहेका प्रधानमन्त्रीले बिहानै एक्कासि राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको र काठमाडौंमा सुरक्षा खतरालाई ध्यानमा राखि  प्रहरी परिचालन गरिएको  पमका स्वकीय सचिब प्रकाश दाहललाई उधृत गर्दै  गृहमन्त्रालयले जनाएको छ ।

यससँगै अाज नेपालमा सार्वजनिक बिदा परेकाले अाईतबार सबेरै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सपथ खुवाउने सम्मको गोप्य भारतिय  योजनाको प्रमाण हामीसंग सुरक्षित छ । यसलाई राजनीतिक वृतमा नेपालकै इतिहासमा पहिलोपटक यसरी खुलेअाम भारतिय हस्तक्षेपको रुपमा लिँदै विरोध  जनाउन थालिएको छ।

त्यसपश्चात स्वतस्फूर्त रुपमा जनता सडकमा उर्लिएका छन । यस अपुष्ठ समाचारबारे काठमाँडौमा रहनुभएका बिशेष  सम्बाददाता केशव प्रशाद पाण्डेलाई  सोध्दा काठमाडौंमा गाईजात्रा मनाउन सर्वसाधारण सडकमा अाएको साँचो र समाचार “गाइजात्रा बिशेष हाँसिमजाक” भएकाले कसैको जीबनसंग मेल खान गएमा संयोगमात्र हुने बताए ।