काठमाडौं, ३ भदौ । एमाले नेताहरूले पार्टीलाई नवौा महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउादो चुनावमा पार्टीले बहुमत ल्याउन सक्ने दाबी गरेका छन् ।
चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख्ने नेताहरूले त्यस्तो दाबी गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बैठकमा नेताहरू घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा। पुष्प काडेल, केशव बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा राखेको सचिव योगेश भट्टराईले बताए ।
‘पार्टीको नवौा राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिस्पर्धामा बहुमतसहितको पहिलो पार्टी बनाउने अठोटसमेत बैठकमा प्रकट भएको छ,’ सचिव भट्टराईले भने ।
नेताहरूले त्यसका लागि चुनावी तयारीका लागि आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा बढी जोड दिएका छन् ।
एमाले नेतृत्वको सरकारको समीक्षा
संविधान निर्माणलगत्तै संविधानको कार्यान्वयन, मुलुकले व्यहोर्नुपरेको अनपेक्षित नाकाबन्दी, मुलुकको तराई क्षेत्रमा देखिएका तनाव, कतिपय प्रतिकूल भूू–राजनीतिक अवस्थाका बीचमा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले प्रतिकूल परिस्थितिलाई सामान्यीकरण गर्न सफलता प्राप्त गरेको नेताहरूले समीक्षा गरेका थिए ।
सरकारले रााष्ट्रिय स्वाभिमानलाई उच्च बनाउादै चौतर्फी विकासको माध्यमबाट समतामूलक तथा न्यायमूलक समृद्धि हासिल गर्ने दिशामा सकारात्मक पलहकदमी लिएकोमा बैठकले गर्वबोध गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा विगत कामहरूको समीक्षा, पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवनलगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रम जारी छ ।















प्रतिक्रिया