२६ कार्तिक २०८३, बिहिबार

एमालेका वरिष्ठ नेता नेपाल अचानक चीन प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepalकाठमाडौं, ३ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल अचानक चीन प्रस्थान गर्नुभएको छ ।

बिहीबार राति नेता नेपाल चीन प्रस्थान गर्नुभएको हो । चीनमा रहँदा उहाँले विभिन्न पक्षसँग भेटवार्ता गर्ने बुझिएको छ ।

नेता नेपालको चीन भ्रमणका विषयमा एमालेले केही बताएको छैन । तर नेता नेपालले आफ्नो चीन भ्रमणका विषयमा बिहीबारको स्थायी समितिको बैठकमा जानकारी गराएको स्रोतले जनाएको छ ।

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहेका बेला एमालेका नेता नेपाल पनि चीन प्रस्थान गर्नुभएको हो ।