२६ कार्तिक २०८३, बिहिबार

एमाले स्थायी समिति आज पनि बस्दै, ओलीले जवाफ दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, ३ भदौ । पार्टी संठगन, राजनीतिक विषय र जिम्मेवारीलगायतका विषयमा छलफल गर्दै आएको एमालेको स्थानीय समिति बैठक आज पनि बस्दैछ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा बोल्न सदस्यहरूले धारणा राख्नेछन् । स्थायी समितिमा एमाले नेतृत्वमा रहेको सरकार ढल्नुको कारणका विषमया नेताहरूले धारणा राख्दै आएका छन् ।

बोल्ने क्रममा माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरूले आफ्नै कारण केपी ओली नेतृत्वको सरकार ढलेको भन्दै त्यसको अपजस आफै लिनुपर्ने बताउँदै आएका छन् ।

धारणा राख्ने क्रम आज सक्कियो भने अध्यक्ष केपी ओलीले बैठकमा नेताहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने बुझिएको छ ।