१ कार्तिक २०८३, आइतबार

थाइल्याण्डमा भएको आक्रमणका १५ आरोपी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thailand-blast-rt-suspect-3बैंकक, ३ भदौ । थाइल्याण्डमा गएको हप्ता भएका शृङ्खलाबद्ध बम आक्रमणका आरोपीलाई खोज्ने क्रममा सेनाले कम्तीमा पनि १५ जनालाई पक्राउ गरेको समाचारमा जनाएको छ ।

सेनाले दिएको जानकारी अुनसार गतहप्ता एकैदिन विभिन्न ११ स्थानमा बम हमला गरेपछि थाइल्याण्डको सैनिक सरकारले त्यसका विरुद्धमा व्यापक मात्रामा खोजी थालेको थियो ।

त्यस खोजीका क्रममा बिहीबारसम्ममा १५ जनालाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखिएको जानकारी दिएको छ । विभिन्न पाँच वटा जिल्लामा सो आक्रमण एकै पटक गरिएको थियो ।

सेनाले थाइल्याण्डजस्तो पर्यटन व्यवसाय नै मुख्य आर्थिक आधार भएको देशमा भएको यस बम हमलाले सो देशमा आतङ्ककारीको आक्रमणको पनि त्रास हुनसक्ने भन्दै सेनाले ती आक्रमणकारीको खोजीलाई तिब्रता दिएको बताएको थियो ।

सो हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् ।

आक्रमण द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा बढी भएको थियो । तर ती आक्रमणहरु आतङ्ककारी आक्रमण भने नभएको थाई सैनिक सरकारले यस अघिदेखि नै बताउँदै आएको थियो ।

थाई सेनाका एकजना कर्णेल बुरिन तोङपारापाईले अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको भए पनि सैनिकले नै ती बम हमलाहरुको अनुसन्धान थालेकोले केही दिनमा नै त्यस बारेमा पत्ता लाग्ने जानकारी दिए । –सिन्ह्वा