११ कार्तिक २०८३, बुधबार

रुट परमिट नभएका सबै बस फिर्ता, प्रहरीले थाल्यो कडाइ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus Nepaliकाभ्रे, ३ भदौ । रुट परमिट नभएका सबै ग्रामीण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ ।

प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो। भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन ।

हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए ।

उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् ।

रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालका अनुसार बिहीबार ६२ वटा बिना रुट परमिटका सवारी फिर्ता भएका छन् । सवार फिर्ता भएसँगै याुहरू बिचल्लीमा परेका छन् ।