काठमाडौं, २ भदौ । सरकारले विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिल्ली पठाउनै लाग्दा भारतले सन्देश पठाएको छ ।
उसले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको सन्देश विहीबार साँझ सार्वजनिक गरेको हो ।
यो सन्देश प्रधानमन्त्रीका विशेष दूत निधी भारत जानु एकदिन अघि आएको छ । निधी भोलि भारत जाँदैछन् ।
भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले दिल्लीले नेपालसँगको सम्वन्ध आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै निधिको भ्रमणले नयाँ सरकारको प्राथमिकता बुझ्ने मौका पाउने बताए ।












प्रतिक्रिया