२ कार्तिक २०८३, सोमबार

विद्युत् महसुल एकानब्बे करोड उठ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidut-mahasulपोखरा, २ भदौ । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले आव २०७२/७३ को असार मसान्तसम्ममा रु ९१ करोड २४ लाख १३ हजार विद्युत् महसुल असुल गरेको छ ।

सो अवधिमा जरिवानाबाट रु दुई करोड ३५ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । विद्युत् मिटर रिडिङ भएको एक हप्ताभित्रै महसुल तिर्ने ग्राहकलाई केन्द्रले रु एक करोड ८९ लाख ८४ हजार छुट दिएको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिनुभयो ।

गत असार मसान्तसम्म केन्द्रमा कुल ग्राहकको सङ्ख्या ६८ हजार ६९२ पुगेको बताइएको छ । रासस