२६ कार्तिक २०८३, बिहिबार

हतियार हराएको डोटीमा सैनिकले आफैले आफैलाई गोली हाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-sena

डोटी, २ भदौ । नेपाली सेनाको दिपायलमा रहेको सुदूरपश्चिम पृतनामा ब्यारेकबाटै हतियार हराएको घटना सेलाउन नपाउँदै एक जना सैनिकले आफैले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले आज विहान एक सैनिकले बिहीबार गोली हानेर आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्ने सैनिकको नाम खुलाइएको छैन । आत्महत्याको विषयमा सुदूरपश्चिम पृतनाले केही बताएको छैन । नेपाली सेनाका प्रवक्ता कार्कीका अनुसार सैनिकले गोली हानी आत्महत्या गरेको र उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए ।

अनुसन्धान सकिएपछि सबै सूचना सार्वजनिक गरिने सेनाले जनाएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय डोटीबाट एसपी दिल्लीराज विष्टको कमाण्डमा टोली खटिएको छ ।

यसअघि डोटीको क्षेत्रीय ब्यारेकबाटै साउन २२ गते हतियार हराएपछि नेपाली सेनाको केन्द्रीय टोली दिपायल पुगेर अनुसन्धान थालेको थियो ।