काठमाडौं, २ भदौ । नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको मतदान बिहीबार बिहान सकिएको छ । मतदान बुधबार दिउँसोदेखि सुरु भएको थियो ।
उम्मेदवार झण्डै सात सय भएकाले मतदानमा बिहीबार बिहान सक्किएको हो । मतदानको गठना भने दिउँसोबाट प्रक्रिया मिलाएर गरिनेछ । मतदान कांग्रेस मुख्यालय सानेपामा भएको थियो । मतगणना पनि सोही स्थानमा हुनेछ ।
नयाँ नेतृत्वको लागि झण्डै ३२ सय प्रतिनिधिले मतदान गरेको नेविसंघले जनाएको छ ।
नेविसंघको अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लागि ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् ।
सहमहामन्त्रीमा परमेश्वर साह र सदस्यमा सितारा बनु, कल्पना खड्का, सरोज रेग्मी, सीता गौतम र सुमित्रा शाही निर्विरोध निर्वाचित भएका हुन् ।











प्रतिक्रिया