काठमाडौं, २ भदौ । मन्त्रालयका विभिन्न प्रस्तावमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारमा बिहान दश बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । बैठकले मधेसी मोर्चाको शहीद घोषणालगायतका मागहरूका विषयमा पनि निर्णय गर्न सक्ने बुझिएको छ ।
भरखरै विस्तार भएको मन्त्रिपरिषदको आजको बैठकले माओवादी केन्द्रबाट मन्त्री बनेका विनाविभागीय मन्त्री डीआर पौडेललाई मन्त्रालयको जिम्मेवारी दिन सक्नेछ ।
स्रोतका अनुसार पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन सक्ने बताइएको छ ।











प्रतिक्रिया