२ कार्तिक २०८३, सोमबार

पुनर्निर्माण सम्बन्धि जानकारी दिन अमेरिकामा युवाहरुले बनाए मोबाइल एप्स

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Usa-mobile-app-oppning

काठमाडौं, १ भदौ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले वर्तमान समय सूचना तथा सञ्चारको युग भएकाले समाज परिवर्तनको सवालमा सञ्चारका साधनले महत्वपूर्ण भुमिका खेल्न सक्ने वताउनु भएको छ ।

अमेरिका दूतावास युवा परिषदले तयार पारेको पुनर्निर्माण सम्वन्धि मोवाइल एप्स र वेवसाइट सार्वजानिक गर्दै सचिव थपलियाले समाजको तल्लो तहमा पुनर्निर्माणको विषयमा अझै पनि भ्रम रहेको वताउदै सार्वजानिक गरिएको मोवाइल एप्सले पुनर्निर्माणको सवालमा रहेको भ्रमहरुलाई चिर्न सफल हुने बताउनुभयो ।

सञ्चार प्रविधिकिो सवालमा तथ्याकं हेर्दा उत्साहप्रद रहेपनि विश्लेषणको तहमा आउदा उत्साहित हुन सक्ने अवस्था नरहेको भन्दै त्यस क्षेत्रमा मोवाइल एप्स र वेवसाइट ले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । घरमै वसेर मानिसले आफ्नो पुननिर्माणको काम गर्न सक्ने गरि तयार पारिएको मोवाइल एप्स र वेवसाइटले समाजको तल्लो तहमा धेरै नै सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।

अमेरीकी दुतावास युवा परिषदका एक सदस्य सरोज पौडेलका अनुसार कार्यक्रममा अमेरिकी दूतावास कि प्रवक्ता इनेकि स्टेनहोमले अमेरिकी दूतावासले समाज परिवर्तनको सवालमा विभिन्न कामहरु ग्रिरहेको जानकारी गराउदै आगामी दिनमा नेपाल सरकार र युवाहरुसगंको सहकार्यमा विभिन्न कामहरु गरिरहने जानकारी गराउनुभयो । आगामी दिनमा पनि युवाहरुसगंको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिनुभयो ।

मोवाइल एप्स र वेवसाइटको विशेषता

Usa-mobile-app-oppening-1

मोवाइल एप्स Econstruction र Website M www.econstruction.org  सार्वजानिक भएको छ । जसमा भूकम्प प्रतिरोधी घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरुको वारेमा उल्लेख गरिएको छ । माटोको घर, ढुगांको घर र आरसिसि घर निर्माण गर्दा कसरी भुकम्प प्रतिरोधि घर वन्न सक्छन भन्ने कुरा मोवाइल एप्स र वेवसाइटमा राखिएको छ । यी सामाग्रीहरु माटो, ढुगां वा सिमेन्टको घर वनाउन चाहनेहरुको लागि महत्वपूर्ण हुने आयोजकले विश्वास लिएको छ ।

मोवाइल एप्स र वोवसाइटमा राखिएको अर्को महत्वपूर्ण सामाग्री भनेको यसमा राखिएको क्यालकुलेटर हो । जसमा तपाइले आफ्नो वनाउन चाहेको घरको लम्वाइ र चौडाइ लेख्नुभए पछि तपाइको घरमा चाइने इट्टा , वालुवा सिमेन्ट र रडसमेत कति मात्रामा चाहिन्छ र त्यसको अनुमानित मुल्य (हालको वजार मुल्य अनुसार ) समेत देखाइदिन्छ । जसले सर्वसाधारण मानिसहरु ठगिनवाट समेत वच्न सक्छन । त्यसकारण मोवाइल एप्स Econstruction र Website M www.econstruction.org  घर वनाउन चाहाने सर्वसाधारण देखि इन्जिनियर, ठेकेदारका साथै पुननिर्माण र विपद् व्यवस्थापनको वारेमा वुझ्न चाहने सवै मानिसहरुको लागि उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ ।

मोवाइल एप्स डाउनलोड गर्नका लगि गुगल प्लेस्टोरमा गएर Econstruction टाइप गरेर डाउनलोड गर्न सकिनेछ । IOS प्रयोगकर्ताको लागि समेत केहि समयभित्र मोवाइल एप्स सार्वजानिक गरिने जानकारी गराइन्छ ।