२६ कार्तिक २०८३, बिहिबार

फिस्लिङ बस दुर्घटनाका मृतकको सङ्ख्या चार पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

चितवन, १ भदौ । भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । तीमध्ये दुईको सनाखत भएको छ ।

सनाखत हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग गौतम रहेका छन् ।

अन्य दुईको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सनाखत भएका आमाछोराको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य दुईको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती दुवै पुरुष हुन् ।

दुर्घटनाका घाइतेमध्ये १८ जनाको चितवन मेडिकल कलेजमा र एकजनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । नौजना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको श्रेष्ठले बताउनुभयो ।

साँझपख पानी परिरहेको समयमा दुवै गाडी तीव्रगतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस