११ कार्तिक २०८३, बुधबार

संसद सचिवालयमा कुपन सिस्टम बन्द, खाजा खर्चस्वरुप नगद दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukhura Ko Masu Samsad Nepal Bimalकाठमाडौं, १ भदौँ । खाजा र खानाका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद् सचिवालयले भदौ १ गतेदेखि ‘कुपन सिस्टम’ बन्द गर्ने निर्णय गरेको छ ।

समितिका बैठकमा चियामात्र खुवाउने र कुपनको सट्टा सांसदलाई खाजा र खानाबापत दैनिक चार सय रुपैयाँ दिने निर्णय सचिवालयले गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाजा खर्च दिइए पनि कुपनबाटै खाजा र खाना खाने गेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तीमगरको सचिवालयले जनाएको छ ।

सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरुसँगको छलफलमा बताएकी छिन् ।