३० आश्विन २०८३, शुक्रबार

तीन दलीय वार्तामा नबस्ने एमाओवादीको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist_building

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सम्मिलित बैठक एमाओवादीले बहिस्कार गरेको छ ।

दलवीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न बैठकमा एमाओवादीले माग गरेको थियो ।

आफ्ना मागप्रति कांग्रेस र एमाले सकारात्मक नभएको भन्दै एमाओवादीले बैठक बहिस्कार गरेको बताएको छ । चार दलीय सहमति कार्यान्वयन नगरेसम्म एमाओवादीले कांग्रेस र एमालेसँग कुनै पनि वार्ता नगर्ने जनाएको छ ।

कांग्रेस र एमालेका नेताहरु संविधान निर्माणप्रति इमान्दार नदेखिएको, एमाओवादीको आरोप छ ।

चार दलीय सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने लगाएतका विषय रहेका छन् ।

एमाओवादीले सहमति अनुसार आफुले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ । तर, कांग्रेस-एमाले भने त्यसमा सकारात्मक छैनन् ।