काठमाडौं, ३२ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कडा कारवाही गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।
काभ्रे बस दुर्घटनामा जनधनको क्षतिपछि मंगलबार कडा रुपमा प्रस्तुत हुँदै मन्त्री लेखकले क्षमताभन्दा अत्याधिक यात्रु बोकेर गुड्ने सवारीलाई कुनैपनि बाहनामा छुट नदिन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिए ।
मन्त्री लेखकले प्रहरीको पोष्ट आसपास पुग्नुअघि सुरक्षाजाँच छल्न यात्रु ओराल्ने र केही पर लगेर फेरि यात्रु कोच्ने प्रवृत्ति अन्त्य गर्न प्रहरीले थप सक्रियता बढाउनुपर्नेमा जोड दिए ।












प्रतिक्रिया