काठमाडौं, ८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग, उच्च माध्यमिक शिक्षा परिषदलगाएतमा छापा मारेको छ ।
भ्रष्टाचार र अनियमितताका एक हजार भन्दा बढि उजुरी परेपछि अख्तियारले त्रिविका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा आईतबार एकसाथ छापा मारेको हो ।
अख्तियारले छापा मारेर कागजपत्र कब्जामा लिएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धुका अनुसार अख्तियारका १ सय ३० जना कर्मचारी छापा मार्न परिचालन गरिएका छन् ।
विभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं घुस लेनदेन भएको र पैसा लिएर सम्बन्धन दिन लागिएको पाइएपछि अख्तियारले छापा मारेको हो ।
















प्रतिक्रिया