
काठमाडौं, ३२ साउन । नवलपरासीमा यात्रुबाहक जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
ब्रेक फेल भई दाउन्नेमा भएको ना १ ज १३१७ नम्बरको जीप दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मृतकको सनाखत भएको छैन । घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचार भएको छ । थप उपचारका लागि उनीहरुलाई भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
जीप पूर्वबाट पश्चिमतर्फ जाँदै थियो ।











प्रतिक्रिया