काठमाडौं, ८ भदौ । नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा नरेन्द्र र भतिजी मञ्जुले आत्महत्या गर्ने प्रयासस्वरुप विष सेवन गरेको खुलासा भएको छ ।
विप्लवपुत्र नरेन्द्र चन्द र भतिजी मञ्जु चन्दले शनिबार बेलुका चाबहिलस्थित डेरामा कोही नभएको मौका छोपी विष सेवन गरेका थिए ।
उनीहरु दुबै जना विष सेवन गरेर बेहोस भएको अवस्थामा छिमेकीले उनीहरुलाई ओम अस्पताल पुर्याएका थिए ।उनीहरुलाई अस्पतालमा इसीयुमा नै भर्ना गर्नुपरेको थियो । अस्पतालले दिएको जानकारी अनुसार नरेन्द्र र मञ्जु दुबैको अवस्था अहिले खतरामुक्त छ । पारिवारिक स्रोतले पनि उनीहरु बोल्न सक्ने अवस्थामा फर्किएको बताएका छन् ।
शनिबारै अस्पताल पुर्याइए पनि पाल्पामा रहेका कारण नेता नेत्रबिक्रम चन्द भने आइतबारमात्र अस्पताल पुगेर उनीहरुसँग भेट गर्नुभयो । भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले आवेशमा आएर उनीहरु आफैंले विष सेवन गरेको जानकारी दिनुभयो ।
‘कसैले खुवाएको होइन, उनीहरु आफैंले विष खाएका रहेछन्’, विप्लवले भन्नुभयो , ‘किन त्यसो गरे भन्नेबारेमा बुझ्दै छौं ।’ यसअघि परिवारका सदस्यहरुले माक्स लगाएका तीन अज्ञात व्यक्तिले चावहिल मैजुबहालस्थित डेरामा डेरामा बसिरहेका बेला विप्लवका कान्छा छोरा नरेन्द्र र उनका माइला जादु जयन्द्रकी छोरी मन्जुलाई शनिबार साँझ जवर्जस्ती विष सेवन गराएको दाबी गरेका थिए ।
नरेन्द्र भीएस निकेतनमा कक्षा १० र मञ्जु युनाइटेड कलेजमा ११ कक्षामा मा अध्ययनरत छन् । प्रहरीका अनुसार उनीहरुले कोठामा सुसाइड नोट समेत लेखेर विष सेवन गरेका थिए । अनुसन्धानबाट नरेन्द्र आफैंले सुसाइड नोट लेखेको खुलेको छ । त्यसो भए उनीहरु आफै किन मर्न चाहन्थे त ? सुसाइड नै गर्न पर्ने गरी के गल्ती गरेका थिए उनीहरुले ? धेरै शंका उपशंकाहरु उब्जिएका छन् ।
यस्तो छ सुसाइड नोट
हामीले सुसाइट गरेका होइनौं । हाम्रो चाहनाअनुसार गरेका हौं । वी आर भेरी सरी ल । दादा–दिदीलाई सम्झेको छ भन्दिनु । ओके बाई ।















प्रतिक्रिया