१ कार्तिक २०८३, आइतबार

काश्मिरमा थप चार मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kasmirma 4 mariyaनयाँ दिल्ली, ३२ साउन । भारत अधिनस्थ काश्मिरका सुरक्षा अधिकारीले प्रहार गरेको गोलीबाट मङ्गलबार थप चार सर्वसाधारणको मृत्यु भएको छ ।

केही दिनदेखि तनाव रहेको काश्मिरमा मङ्गलबार पुनः गोली चलेको हो । यसबाट अन्य १५ जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले मङ्गलबार बिहान बताएका छन् ।

हिजबुल मुजाहिद्दिन समर्थित अर्को एक विद्रोही सङ्गठन समर्थक २२ वर्षीय भुहान वानी गत जुलाइमा प्रहरी कारबाहीमा मारिएयता भारत अधिनस्थ काश्मिरमा पछिल्लो पटक हिंसा सुरु भएको हो ।

सो हिंसाबाट हालसम्म ६४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतको नियन्त्रण्मा रहेको बुदगाम जिल्लामा पछिल्ला केही दिनयता बारम्बार हिंसा भएको छ ।

मङ्गलबार पनि सोही जिल्लामा नै आक्रमणकारीहरुले प्रहरीमाथि हमला थालेका थिए । त्यसको जवाफी काराबाहीमा प्रहरीले गोली चलाएको बताइएको छ । रासस-सिन्ह्वा