२६ कार्तिक २०८३, बिहिबार

ओलीले काभ्रे पुगेर बस दुर्घटनाका घाइते र मृतक परिवार भेटे (फोटो फिचर)

69.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-2

काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतक परिवारसँग भेट गरेका छन् ।

घाइते भेट्न भनेर मंगलबार दिउँसो काभ्रेको बनेपा पुगेका ओलीले बनेपा तिर मेमेरियल हस्पिटलमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिए ।

मृतक परिवारलाई सान्तवना दिइसकेपछि धुलिखेल हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न पुगेका ओलीले उपचार खर्च र राहतका लागि आफू र आफ्नो पार्टीले पहल गर्ने आश्वासन दिए ।

Kp-oli

मृतकका परिवार र घाइते भेटिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतकलाई राहत उपलब्ध गराउन पार्टी र आफूले पहल गर्ने तथा सरकारलाई दबाब दिने बताए ।

उनले आवश्यकताअनुसार सडकको अवस्था सुधार हुनुपर्ने तथा फराकिलो बनाउनुपर्ने भन्दै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तत्काल अन्त्य हुनुपर्ने बताए । सिण्डिकेड अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सडकमा गाडी गुडाउँदा सवारी साधनको अवस्था र सवारी चालक सक्षम हुनुपर्ने बताए ।

Kp-oli-1

उनले भने– ‘सडक दुर्घटना रोक्न यातायातको क्षेत्रको सिण्डिकेड अन्त्य हुनुपर्छ, सडक राम्रो हुनुपर्यो, चालक सक्षम हुनुपर्यो, सवारी पनि कन्डिसनमा हुनुपर्यो । यी कुरामा सरकारले विशेष ध्यान दिनुपर्यो ।’

ओलीका साथमा पत्नी राधिका, एमाले नेता गोकुल बास्कोटा लगायको सहभागिता थियो ।

काभ्रेबाट फर्केर पूर्व प्रधानमन्त्री ओली चावहिल र महाराजगञ्जस्थित अस्पतालमा उपचाररत घाइतेको अवस्था बुझ्न पुगेका छन् ।

kp-oli-hospital kp-oli-hospital-1