२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसले ७५ वटै जिल्लाका सभापतिहरूलाई राजधानी बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting-650x379

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला बोलाएको छ ।

कांग्रेसद्वारा आज जारी विज्ञप्तिअनुसार भदौको पाँच गते ७५ वटै जिल्लाका सभापतिहरूलाई राजधानी बोलाइएको उल्लेख छ ।

भेलामा वर्तमान राजनीतिका साथै विविध सन्दर्भमा पनि छलफल हुनेछ । भेला भदौ ५ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेमा हुनेछ ।

७५ वटै जिल्लाका सभापतिहरूको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन दिएको छ ।