२६ कार्तिक २०८३, बिहिबार

बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न ओलीद्धारा सरकारको ध्यानाकर्षण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli uml

काठमाडौं, ३१ साउन । नेकपा एमालेले काभ्रेको विर्ता देउराली– ७, खहरेखोलामा भएको बस दुर्घटनालाई कहालीलाग्दो भन्दै तत्काल उद्दारमा हेलिकोप्टर परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौंबाट काभ्रेको मदानकुडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्ता देउराली– ७, खहरेखोलामा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको छ । यो घटनालगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् ।