२६ कार्तिक २०८३, बिहिबार

काभ्रेमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, उद्दारका लागि सेनाको हेलिकप्टर जाँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kavre-bus-dhurghtana

काठमाडौं, ३१ साउन । काभ्रेपलाञ्चोकको कोशिपारि विर्तादेउरालीमा बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकामबाट तीन घण्टा दुरीमा पर्ने विकट क्षेत्र विर्तादेउरालीमा बस साँढे १२ बजे दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएपछि उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

घाइतेको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाँदैछ ।

काठमाडौंबाट हिडेको बा २ ख १०६ नम्बरको बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।