काठमाडौं, ३१ साउन । काभ्रेपलाञ्चोकको कोशिपारि विर्तादेउरालीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
सदरमुकामबाट तीन घण्टा दुरीमा पर्ने विकट क्षेत्र विर्तादेउरालीमा बस साँढे १२ बजे दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएपछि उद्दारका लागि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।
काठमाडौंबाट हिडेको बा २ ख १०६ नम्बरको बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा धेरै संख्यामा हताहती भएको बताएको छ ।












प्रतिक्रिया