२६ कार्तिक २०८३, बिहिबार

अखिल क्रान्तिकारीद्वारा शैक्षिक आमहड्ताल, मुलुकभरिका विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhil-new-photo.jpgकाठमाडौं, ३१ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हडतालका कारण राजधानीसहित मुलुकभरिको पठन पाठन प्रभावित भएको छ ।

विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थी पठन पाठनबाट बञ्चित भएका छन् । विभिन्न शैक्षिक माग राखेर अखिल क्रान्तिकारीले आज मुलुकभरिका शैक्षिक संस्थाहरूमा हड्तालको आह्वान गरिएको अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी दिनुभयो ।

‘पटक पटक शैक्षिक माग राखेका थियौँ’, उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयले माग पूरा गर्नेतिर कुनै चासो नदेखाएपछि बाध्य भएर आज र भोलि दुई दिन शैक्षिक आमहड्ताल आह्वान गरिएको हो ।’

दुई दिनभित्र आफूहरूका मागमा कुनै सुनुवाइ नभए भदौ १ गतेदेखि कडा आन्दोलन घोषणा गरेर संघर्ष गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले चेतावनी दिनुभयो ।