काठमाडौं, ३०, साउन । ह्वावे उपभोक्ता व्यवसाय समूहले आफ्नो Y स्मार्ट फोनहरुको नयाँ रेन्जमा Y6 II लन्च गरेको घोषणा गरेको छ ।
सजिलै प्रयोग गर्न सकिने र उत्कृष्ट बनोट भएको यस उपकरणको मूल्य रु. १९ हजार ९९९ निर्धारण गरिएको छ । अद्भूत डिजाइन रहेको र आफ्नो बजेटभित्र सजिलै पर्ने यस फोन प्रयोगकर्ताहरुले निकै नै सरल र सहज तरिकाले प्रयोग गर्न सक्नेछन् । Y6 II Gold, Black र White गरी तीन रंगहरुमा उपलब्ध छ ।
१. अद्भूत डिस्प्लेः
Y6 II मा रहेको ठूलो र अद्भूत 1280×720 resolution ले कलरहरुलाई जीवन्तरुप प्रदान गर्दछ । वाइड ५.५ इन्च स्क्रिन रहेको यस Y6 II मा तपाईं सफा र स्पष्ट भिडियो र पिक्चरको आनन्द लिन सक्नुहुनेछ साथै यसमा आउने दरिलो GFF पारदर्शी लेमिनेशनले ब्राइटनेशलाई असर नपुर्याई फोनको स्क्रिनलाई सुरक्षित राख्दछ ।
२. दक्ष र कुशल क्यामराः
Y6 II मा भएको १३ एम पि ब्याक र ८ एम पि फ्रन्ट क्यामराको प्रयोग गरी तपाईंहरु सुन्दर र उत्कृष्ट फोटोहरु लिन सक्नुहुनेछ । यस क्यामरामा रहेको प्यानोरामिक सेल्फी मोडको माध्यमद्वारा तपाईंहरु जहाँ पनि वाइड रेन्जको फोटो लिन सक्नुहुनेछ । यसमा भएको Wide-angle 28 mm लेन्सका र २.० एपेचर स्क्राच प्रतिरोधक रहेको छ । यसमा भएको क्यामराले तपाईंहरुको अमूल्य अनुभव र यादहरु कैद गर्न सक्नुहुनेछ ।
३. उत्कृष्ट डिजाइनः
खल्ती सुहाउँदो यस स्मार्टफोन आफैमा स्टाईल स्टे्टमेन्ट रहेको छ । यस फोनको उत्कृष्ट डिजाइन वास्तवमै लोभ लाग्दो रहेको छ । यसमा भएको गोलाकार कुनाहरुले यसलाई सहजसँग समाउन र चलाउन मद्धत पु¥याउँनेछ ।
४. तीव्र र उत्कृष्ट पर्फरमेन्सः
ह्वावे Y6 II 64-bit-अक्टा प्रोसेसरका साथ २ जिबी र्याम र १६ जिबी रोममा साथ उपलब्ध रहेको यस फोनको पर्फरमेन्स राम्रो रहेको छ । साथै यसमा भएको ३००० एमएएच् ब्याट्री क्षमताको कारण तपाईं निश्चिन्त्त भई आफ्नो फोन लामो समयसम्म चलाउन सक्नुहुनेछ ।















प्रतिक्रिया