२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डलाई मन्त्री राम कार्कीको चुनौति! माओवादीको परम्परा तोडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-karkiकाठमाडौं, ३० साउन । अहिले सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन् । उनी आफै बाहुन समुदायका ‘राष्ट्रवादी’ नेता हुन् । तर, उनको व्यवहार भने ठिक उल्टो छ ।

आफू बाहुन भएपनि बाहुन विरोधी र दौरा सुरुवाल नलगाउने ‘अराष्ट्रवादी’ बन्न थालेका छन् । आफ्नो पद तथा गोपनियताको सपथमा उनले नेपाली राष्ट्रियता झल्काउने राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएनन् । दोस्रोमा सपथ खाँदा ईश्वर शब्द उच्चारण गरेनन् । जबकी पश्चिमा देशमा बाईबलमा हात राखेर सपथ खाने चलन छ । यहाँनेर उनले आफ्नो धर्मको समेत ‘अपमान’ गरेका छन् ।

मन्त्री राम कार्कीले दिए चुनौति, माओवादी परम्परा तोडे

प्रधानमन्त्री र मन्त्री हुँदा पनि दौरासुरुवाल टोपी नलगाउने माओवादी परम्परालाई नवनियुक्त सञ्चार मन्त्री राम कार्कीले चुनौति दिएका छन् । पहिलोपटक मन्त्री बनेका कार्कीले आइतबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ खाँदा दौरासुरुवाल, ढाकाको इस्कोट र ढाकाकै टोपी लगाएका थिए । क्षेत्रीको छोरो भएपछि उनले राष्ट्रिय पोशाक लगाएर राष्ट्रियता झल्काए । साथै बाहुनको छोरो प्रचण्डलाई र माओवादीलाई ठाडो चुनौति पनि दिए ।

प्रधानमन्त्री कोट पाइन्टे भएपछि सञ्चारमन्त्री कार्की सरकार प्रवक्ता समेत हुने भएकाले उनले राष्ट्रिय पोशाक लगाएर राष्ट्रियता प्रदर्शन गर्ने धेरैले विश्वास लिएका छन् ।

यसअघि भएको मन्त्रिपरिषद् विस्तार तथा सपथ ग्रहणमा नेपाली कांग्रेसका रमेश लेखकले मात्रै दौरा सुरुवालमा सपथ लिएका थिए ।

Ram-karki-1