बुटवल, ७ भदौ । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले एमाले र कांगे्रसबीचको सहमतिमा बनेको हुँदा त्यसको उद्देश्य विपरीत दलका नेताहरुले बोल्न वा कुनै गतिविधि गर्न नहुने बताएका छन् ।
बुटवलमा आज आयोजित कार्यक्रममा मन्त्री रिजालले सरकारको प्राथमिकता र लक्ष्य माघ ८ गतेसम्म संविधान तयार गर्न सहज वातावरण तयार गर्ने रहेको बताए । उनले सत्तासाझेदार दलहरुलाई सहमतिको उद्देश्य विपरीत नबोल्न आग्रह गरे ।
मन्त्री रिजालले सत्ता सञ्चालनमा केही असहज परिस्थिति देखापरेको सङ्केत गर्दै सत्ता साझेदार दलहरुबीच आपसमा सहमतिका साथ अधि बढनु पर्ने बताए ।
उनले अहिले सत्तामा रहेका दुवै दलले छुट्टाछुट्टै सरकार बनाउन सक्ने अवस्था भए पनि त्यसो गर्दा शान्ति प्रक्रिया र संविधान बनाउने कुरा ओझेलमा पर्ने बताए ।















प्रतिक्रिया