२६ कार्तिक २०८३, बिहिबार

केपी ओलीको अवमूल्यन नगर्न प्रचण्डलाई एमाले सांसदको चेतावनी

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-and-oli-1

काठमाडौं, ३० साउन । व्यवस्थापिका संसदको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई बद्नाम गराउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन् ।

यो षडयन्त्र सत्तारुढ दलका केही ‘भरौटे’हरुबाट भइरहेको भन्दै तुरुन्त रोक्न उनीहरुले माग गरे ।

एमाले सांसद केशवप्रसाद बडालले केपी ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने काम गरेको भन्दै अहिले विभिन्न आरोप लगाएर बद्नाम गर्ने षडयन्त्र रचिएको बताए ।

उनले ओली सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई चेतावनी दिए । ‘प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अघिल्लो सरकार र त्यसका प्रमुखको अवमूल्यन गर्ने कार्य सैह्य हुँदैन्’ चेतावनी दिँदै बडालले भने– ‘अघिल्लो सरकारका कामलाई सम्मान गर्दै मिलेर अगाडि बढ्नुपर्छ ।’