२६ कार्तिक २०८३, बिहिबार

अभिव्यक्तिमा लगाम लगाउन कमल थापालाई अध्यक्ष राणाको कडा चेतावनी

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati Shamsher Rana Rppकाठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले व्यक्तिगत आक्षेप लगाउने गरी अभिव्यक्ति नदिन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई चेतावनी दिनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष राणाले कमल थापासहितका राप्रपा नेपालका केही जिम्मेवार नेताहरूले अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने बताउनुभयो । ‘उनीहरूले जथाभावी बोलेका छन्, माफी माग्नु पर्छ’, उहाँले भन्नुभयो, ‘अराजक अभिव्यक्तिले राजनीति चल्दैन ।’

‘पार्टी एकताको दोषी कमल थापा हो’, राप्रपा अध्यक्ष राणाले भन्नुभयो, ‘म एकताको सम्भावना छैन भन्न सक्दिन । तर कमल थापाले आफ्ना अभिव्यक्तिमा लगाम लगाउनु पर्छ ।’

अहिलेसम्म राप्रपालाई छाडेर आफू कतै नगएको बताउनुभएका अध्यक्ष राणाले भन्नुभयो, ‘म यता उता गरेको छैन । पार्टीलाई घर दिएको छु । खर्च गरेको छु । संगठन गरेको छु । म कसरी एकता विरोधी हुँ ?’

पार्टी एकतालाई लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका नेताहरूविरुद्ध अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष राणाले कमल थापालाई माफी माग्न चेतावनी दिनुका साथै अभिव्यक्तिमा लगाम लगाउन भन्नु भएको छ ।