काठमाडौं, ३० साउन । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन् ।
साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन् ।
तर, साना दलका तर्फबाट कुन–कुन दललाई सरकारमा लिने भन्नेमा कांग्रेस–माओवादी सहमतिमा पुगिसकेका छैनन् ।
जसले गर्दा अब विस्तार हुने मन्त्रिपरिषदमा साना दलका मन्त्रीहरु नपर्ने बालुवाटार स्रोतले बतायो ।















प्रतिक्रिया