११ कार्तिक २०८३, बुधबार

मन्त्रीको सचिवालयम जान माओवादीभित्र यसरी हुँदैछ ‘मारामार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Centerकाठमाडौं, ३० साउन । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत गर्ने गरेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन् ।

माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुत्तः गर्ने व्यत्तिः छनोट गर्न महाभारत भएको छ ।

माओवादी नेतृत्वको सरकारले पार्टीको तर्फबाट ८ मन्त्रालय पाएको छ ।

माओवादीको तर्फबाट एक जना उपप्रधानमन्त्री र दुई जना मन्त्री नियुक्त भइसकेका छन् ।

पार्टीभित्रका जनवर्गीय संगठनका नेताहरुले सचिवालयमा आफू निकटका व्यक्तिहरुलाई राख्न दबाब दिने गरेका छन् ।

मन्त्रीहरुले बढीमा मन्त्रालयमा आठ जनासम्मलाई नियुक्त गर्न पाउने प्रावधान रहेको छ ।