काठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष वैद्यले प्रधानमन्त्रीमा निर्वाचित भएकामा प्रधानमन्त्री दाहाललाई शुभकामना दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
भेटमा समसामयिक राजनीतिक विषय, सरकारका गतिविधिलगायतका विषयमा समेत छलफल भएको तिमिल्सिनाले बताउनुभयो ।
भेटमा अध्यक्ष वैद्यले राष्ट्रियता, जनजीविकाको विषयमा सरकारले चनाखो भएर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले राष्ट्रियताको सवालमा आफू गम्भीर रहेको तथा जनताका दैनिक समस्या समाधान गर्ने गरी आफूले कार्यक्रम ल्याउन लागेको अध्यक्ष वैद्यलाई जानकारी गराउनुभएको थियो । रासस












प्रतिक्रिया