२ कार्तिक २०८३, सोमबार

बैतडीमा शिक्षिकाको कुटाइबाट विद्यार्थीको औँला भाँच्चिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lady-Teacherबैतडी, ७ भदौ । बैतडी जिल्लाको बाशुलिङमा रहेको एक विद्यालयकी शिक्षिकाले पिट्दा तीन कक्षामा पढ्ने विद्यार्थीको दाँया हातका औँला भाँच्चिएका छन् ।

बाशुलिङ गाविस वडा नम्बर ६ मा रहेको बाशुदेव निमाविकी निजी स्रोतमा कार्यरत  शिक्षिका सुना भट्टको कुटाइबाट तीन कक्षामा अध्ययनरत आठ वर्षीय पुष्कर भट्टको दाँया हातका औँला भाँच्चिएको हो ।

नेपाली विषयमा सोधेको कुरा नजानेपछि कक्षाकोठामै शिक्षिकाले सुनाले लाठ्ठीले पिट्दा पुष्करको दाँया हातका औलाका जोर्नी भाँच्चिएका हुन् ।

शिक्षिकाको कुटाइबाट उनको पाखुरा, पिठ्युलगायतका भागमा समेत चोट लागेको छ । पुष्करको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि भारतको पिथौरागढ लैजाने तयारी भएकोे घाइते विद्यार्थीका बुवा जयदेव भट्टले जानकारी दिए ।

शिक्षिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा उजरी परेको प्रहरी निरीक्षक बिष्णु सिंहले जानकारी दिए । उजुरी परे पनि प्रहरीले कुटपिटमा संलग्न शिक्षिकालाई भने छाडीदिएको छ ।