११ कार्तिक २०८३, बुधबार

एमालेमा को–को नेता हुन् बेरोजगार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli umlकाठमाडौं, २९ साउन । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् ।

अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिादा उनीहरू बेरोजगार बनेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन ।

उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् ।

उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन ।

केहीले महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि परिभाषित जिम्मेवारी पाएका छैनन् ।

एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिम्मेवारीविहीन नेताहरूलाई स्थायी समितिले नयाा जिम्मेवारी दिने बताए ।

‘केही नेता सरकारको कामको सिलसिलामा हुनुभएकाले तत्कालै काम नपाउनुभाको हो, तर स्थायी समितिले उहााहरूबारे छिट्टै निर्णय गर्नेछ’, गुरुङले भने ।

१३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले एक सय ८५ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै कामको जिम्मेवारी बााडफााड गरेको थियो । तर, पनि अझै एक दर्जनभन्दा बढी नेता ‘बेरोजगार’ देखिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका पोलिटब्युरो सदस्यहरू लालबाबु पण्डित, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली र दलबहादुर रानाले अझै जिम्मेवारी पाएका छैनन् ।

त्यस्तै, तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि अझै बेरोजगार छन् । ०७१ असारमा नवौा महाधिवेशन हुादा उनीहरू सबै कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी थिए ।

१३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजन गर्दा पनि उनीहरू मन्त्री नै थिए ।

तर, गत असोजबाट सरकारको कामबाट फर्किएको १० महिना बितिसके पनि एमालेले उनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छैन ।

त्यस्तै, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका अग्नि खरेल पनि जिम्मेवारीविहीन बनेका छन् ।

मन्त्री हुनुअघि उनले सम्हाल्दै आएको संसदीय व्यवस्था विभागको जिम्मेवारी पूर्वसभामुख सुवास नेम्वाङलाई दिइएकाले मन्त्रीबाट फर्किएपछि खरेल जिम्मेवारीविहीन बनेका हुन् ।

नेतृत्वको संकुचित मानसिकताका कारण जिम्मेवारी नपाइएको एक नेताले बताए ।