काठमाडौं, ७ भदौ । इन्काउन्टरमा मारिएको दुईसाता पछि कुख्यात गुण्डा नाइके दिनेश अधिकारी चरीको दाहसंंस्कार गरिएको छ ।
शिक्षण अस्पतालबाट शवयात्रासहित पशुपतिमा पुर्याएर दिउँसो २ बजेपछि चरीको दाहसंस्कार गरिएको हो । शवयात्रामा एमाले धादिङका सभासदहरु, नेता कार्यकर्ता, चरीका आफन्त र सहयोगी, एमालेसमर्थित युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरुको समेत सहभागिता थियो ।
शवयात्रामा बर्दीवाल प्रहरी समेत खटाइएको थियो ।
साउन २३ गते काठमाडौंको भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका चरीको १९ दिनपछि दाहसस्कार भएको हो ।
हत्या भएको १० पछि उनको पोस्टमार्टम भएको थियो । पोष्टमार्टम गरेपनि उनका परिवारले शव बुझ्न मानेका थिएनन् ।
पोष्टमार्टमपछि चरीको हत्या झनै रहस्यमय देखिएको भन्दै उनका आफन्तले हत्यारामाथि कारवाहीको माग गर्दै आएका थिए ।
चरी दाजु ध्रुब अधिकारीले सर्वोच्चको फैसला चित्त बुझ्दो भएपछि भाइको शव बुझेको बताए । उनले कानुनी लडाई लडेर हत्यारामाथि कारबाही गरि छाड्ने समेत बताए ।
सर्वोच्चमा दायर गरेको रिटमा चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै घटनामा संलग्न उपर कारबाही गर्न माग गर्दै उनका परिवारले सर्वोच्चमा रिट दिएका थिए ।
रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन पनि परमादेश माग गरिएको थियो ।
रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ ।















प्रतिक्रिया