२६ कार्तिक २०८३, बिहिबार

भारत र मधेसवादी दललाई माधव नेपालको सुझाव- नेपालको बेइज्जत नगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-nepal

पर्सा, २८ साउन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा छिमेकी देशले हस्तक्षेप गर्नु नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) निकट लोकतान्त्रिक मधेसी सङ्गठन, पर्साले आज वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मधेसवादी दलतर्फ संकेत गर्दै नेता नेपालले दलहरूबीच रहेको मनमुटाव देशभित्रै समाधान गर्नुको सट्टा विदेशीलाई गुहार्दा देशकै बेइज्जती हुने बताउनुभयो ।

उहाँले जनताको हितमा काम गर्दा पार्टीको साख बलियो हुने र विदेशीलाई गुहार्दा देशको सम्मान घटनुको साथै पार्टीहरूप्रति जनतामा वितृष्णा हुने भएकाले विदेशी गुहार्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले एमाले पार्टीलाई मधेसविरोधी भएको प्रचार गरी जनतालाई गुमराह गरिने काम भएकाले त्यस्ता भ्रममा नपरी जनताको अधिकारका लागि सङ्घर्ष गर्ने पार्टीले जनविरोधी काम नगर्ने दाबी गर्नुभयो ।

पोलिटब्युरो सदस्य एवम् लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुविर महासेठले मधेसी जनतासँग भएका विभेदलाई संविधान संशोधन गरी सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, नेता नेपालले आजै एमाले जिल्ला कमिटी पर्साले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा प्रा डा शम्भुप्रसाद पटेल र वबिता सिंहद्वारा लिखित ‘नर्सिङ रिसर्च एन्ड वायो स्टेटिक्स’ पुस्तकको विमोचन गर्नुभयो ।

सो अवसरमा नेता नेपालले शिक्षामा सबैको पहुँच पुर्याउन नेपालको शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताउनुभयो । रासस