२ कार्तिक २०८३, सोमबार

अर्थमन्त्री महराद्वारा अर्थविज्ञहरूसँग परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna Bahadur Maharaकाठमाडौं, २८ साउन । उप–प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रालयको कार्ययोजना बनाउने क्रममा निरन्तर छलफल र परामर्शमा गर्नुभएको छ ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा महराले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, निर्माण ब्यबसायी महासंघका अध्यक्ष शरद गौचन, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, ब्यवसायीहरु रमेश गुप्ता, ज्ञानेन्द्रलाल श्रेष्ठ र दिनेश श्रेष्ठ लगायतले उद्योग व्यबसाय क्षेत्रका समस्या र चुनौती तथा मन्त्रालयबाट गरेका अपेक्षाका बारेमा मौखिक र लिखित सुझाब पेश गर्नुभयो ।

सुझाब सुनेपछि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले भन्नुभयो–“म सबैसँग सल्लाह लिएरनै अघि बढ्छु । तपाईहरु ढुक्क भएर कुनै द्धिविधा नराखी आफ्नो काम गर्नुहोस । निजी क्षेत्र अर्थतन्त्रको इञ्जिन हो भन्ने हाम्रो धारणा हो । निजी क्षेत्र बिना राज्य अघि बढ्न सक्दैन । निजी क्षेत्रलाइ हतोत्साहित र निरश बनाइदैन । अहिले हामी जहाँ छौ, संबिधान कार्यान्वयन भएपछि, हामी नयाँ ढंगले अघि बढ्छौ । राजनितिक स्थायित्व बनाएर, मुलुकलाइ आर्थिक समृद्धिको दिशामा अघि बढाउने अब हाम्रो नारा हुनुपर्छ ।”